काठमाडौं, ११ असोज– नेकपा (एमाले) बागमती प्रदेश अधिवेश एमाले मुख्यालय च्यासलमा जारी छ । जारी अधिवेशमा नेतृत्व चयनका लागि आज मतदान हुँदै छ ।
विहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा केही समयमा सुरु हुने भएको छ । एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ ।
४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन् । प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेरदवारी दर्ता गराएका नुवाकोटका केशव पाण्डेले भने उम्मेरदवारी फीर्ता लिने भएका छन । पाण्डे बागमति प्रदेशका निवर्तमान अध्यक्ष पनि हुन ।
यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।
