काठमाडौं, ११ असोज– नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने जानकारी दिएको छ ।
व्यवसायीको आग्रह अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णय सहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो ।
सोही अनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ । यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।
