दसैँमा किन कृत्तिम अभाव हुन्छ ? निगरानी गरौंः गोकुल बाँस्कोटा

१० आश्विन २०८०, बुधबार १७:२५

काठमाडौं, १० असोज– सार्वजनिक लेखा समितिका सदस्य गोकुल बाँस्कोटाले दसैँका बेलामा धेरै वस्तुहरुको कृत्तिम अभाव हुने भएकाले निगरानी गर्नुपर्ने बताएका छन् ।

बुधबार सार्वजनकि लेखा समितिको बैठकमा उनले पर्वका बेला हुने अभाव वास्तविक हो कि होइन भन्नेमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘पर्वमा हामीलाई चाहिने चिनी करिब २ लाख ४० हजार मेट्रिक टन हो । तर समस्या केमा छ भने हाम्रो देशको चिनी उत्पादक पनि उही, आयातकर्ता पनि उही र सहुलियत लिने पनि उही हुन्छ ।

यो कुरा सिन्डीकेट छ । त्यो सिन्डिकेट कसरी तोड्न सकिन्छ । राज्यले के पहल गर्छ । यो आजसम्म नसल्टेको विषय हो’ ।