मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

१० आश्विन २०८०, बुधबार १७:१८

काठमाडौं, १० असाज– मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–१ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षिय हरी बहादुर मगरले रहेका छन् ।

उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भएका थिए ।

प्रहरीका अनुसार मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईइको छ ।