ग्लोबल आइएमईको क्रेडिट कार्ड पहिलो प्रयोगमा २५५ क्यासब्याक

१० आश्विन २०८०, बुधबार १३:२१

काठमाडौ, १० असोज– ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने भएको छ  ।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ योजना ल्याएको हो । अफरमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने बतताइएको छ  ।

कात्तिक ३ सम्म चल्ने योजनाअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हाल देशका ७७ वटा जिल्लामा तीन सय ५० शाखा, तीन सय ६८ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जानकारी दिएको छ ।