आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

१० आश्विन २०८०, बुधबार १२:०८

काठमाडौं, १० असोज– नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन मङ्गलबार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।त्यस्तगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।