काठमाडौं, ९ असोज । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् ।
क्रिकेटर लामिछाने मंगलबार (आज) साढे १२ बजेको उडानमा उनी एसियाडका लागि चीन गएका हुन् । उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन् ।
एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबार देखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो ।
