काठमाडौँ, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन ।
आज (सोमबार) नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले समस्या बल्झाएर कोही सफल नुहने भन्दै हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्याएको सम्झिए ।
ओलीले भने, ‘एकजनाले जोसँग सम्बन्धित विषय हो तिनका नेताहरु सँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानु पर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
द्वन्द्वले र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उतपात मचाईरहेको माओवादी लाई वार्ताको माध्यम बाट शान्ति प्रकृयामा ल्यायौं ।
विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं । उनले महानगरले जनतामाथि गरेको ज्यादलतीलाई नियन्त्रण गर्नुपर्न र साना साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।
साथै उनले भरपर्दो विकल्प तयार नहुँदासम्म राजधानीको फुटपाथमा व्यवसाय गर्न दिनुपर्ने बताएका छन् । ओलीले विकल्प नदिई नगरप्रहरी लगाएर फुटपाथ व्यवसायीमाथि ज्यादती गरिएको ओलीको भनाइ थियो ।
‘मान्छेहरू गाडीबाट ओर्ले जसरी नगरप्रहरी उत्रिँदैन। प्रहरी ओर्लिए जसरी नगरप्रहरी ओर्लिँदैन। गड्याङगुडु हामफाल्छ । सिठी फुक्न सुरू गर्छ । कहाँ कुदेको हो, गुटुटु कुद्छ। आतंक मच्चिन्छ।
आयोआयो के आयो हुन्छ । कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भने । काठमाडौ महानगरका मेयर बोन्द्र साहतर्फ लक्षित गर्दै ओलीले गरिबले बल्लतल्ल जोडेका सामान फालेर समस्या समाधान गर्छु भन्ने नसोच्न आग्रह गरेका छन ।
