काठमाडौ, ८ असोज– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले महँगी नियन्त्रणको प्रयास गरिरहेको बताएका छन ।
साथै उनले प्रतिक्षित परिणाम नआएको बताएका छन् । उनले सरकारले दशैंअघि सकेसम्म बजारलाई व्यवस्थित गर्न सम्पूर्ण उपाय लगाएर प्रयास गरिरहेको बताएका छन ।
आज सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो बताएका हुन । नेताहरूले सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न पनि गरेका थिए ।
जवाफमा मन्त्री रिजालले महँगी नियन्त्रणका लागि विभिन्न संयन्त्रमार्फत काम भइरहेको बताएका छन । उनले भने, ‘बजारमा कतिपय खाद्य वस्तुहरूको अभाव छ ।
जसकारण व्यवसायीले मूल्य बढाएका छन् । मैले त्यसबारे भारत सरकारका मन्त्री र प्रतिनिधिहरूसँग पनि कुरा गरिरहेको छु । तर सुधार देखिएको छैन ’ दशैं आउन लागिसकेको छ ।
बजारमा मूल्य नियन्त्रण गर्न हामीले प्रयास गरिरहेकै छौँ । तर नतिजा देखिएको छैन । त्यसैले छिटोभन्दा छिटो परिणाम आउँछ ।
आशा गरौँ कि दशैंभन्दा अगाडि नै परिणाम आउनेछ ।’उनले बजारमा बढ्दो कालोबजारीलाई नियन्त्रण गर्न सरकारले तीन वटा समूह बनाएर अनुगमनको काम गरिरहेको पनि बताएका छन ।
