काठमाडौं, ७ असोज । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमान्यायाधीश सकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्।
त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्म मिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए।
उक्त माग बमोजिम न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो।
