प्रधानमन्त्री दाहालले गरे न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल

४ आश्विन २०८०, बिहीबार १४:०४

काठमाडौं, ३ असोज– संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्क गएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली समुदाय,व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् ।

नेपाली प्रतिनिधि मण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्य दूतावासले न्युयोर्कमा आयोजना गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसंग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन् ।

‘दाहालले महामारी रोकथाम,तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हन् । संयुक्त राष्ट्रसंघको७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालसँग परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतको टोली न्यूयोर्कमा छन् । प्रधानमन्त्री प्रचण्डले आज महासभा लाई पनि सम्बोधन गर्दैै छन् ।