काठमाडौं, २ असोज– भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन ।
मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा (एमाले)द्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रुचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताएका छन ।
उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दा सम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजी लाई सम्झन्छौं ।
नेपालको संविधानमा सुवासजि बाँचिरहनु हुनेछ । त्यतिमात्रै होइन नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनुहुनेछ ।’
पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवास जस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे ।
