काठमाडौं, २ असोज– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको बेला संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रिय राजनीतिमा उनको अभाव खड्किएको बताएका छन ।
आज (मंगलबार) संविधान दिवसको पूर्व सन्ध्यामा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा पोखरेलले उनलाई संविधान र कानूनको विषयमा सबै राजनीतिक दलका लागि नेम्वाङ सल्लाहाकारका रूपमा रहेको भन्दै स्मरण गरेका छन ।
पोखरेलले भने, ‘नेपालको संविधान र कानूनको मामिलामा उहाँ सबै राजनीतिक दलका लागि सल्लाहकारका रूपमा सदैब रहनु भयो ।
जतिबेला कानूनी र संबैधानिक प्रश्नहरू अगाडि आउँछन् सबैले सुवास नेम्वाङ के भन्नुहुन्छ भन्ने कुराको खोजि गर्ने एक जना व्यक्तिका रूपमा उहाँले आफूलाई स्थापित गर्न सफल रहनुभयो ।
’ उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको नेम्वाङको निधनले उनको अभाव राष्ट्रिय राजनीतिमा खड्किएको पोखरेलको भनाइ छ ।
‘नेपाल राष्ट्रिय राजनीतिको जुन प्रकारको सङ्क्रमणबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा सुवासचन्द्र नेम्वाङको अभाव हामी सबैलाई खड्किरहेको छ ।
आज संविधानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौं,’ पोखरेलले भने ।
