भाषणमा दुःख व्यक्त गरेरमात्र प्रतिभा पलायन रोक्न सकिँदैन: शिक्षामन्त्री राई

२ आश्विन २०८०, मंगलवार १४:०५

काठमाडौं, २ असोज– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न नसकिने बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोहको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले युवालाई राज्यले यथोचित सम्मान पनि दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने अनि पलायन रोकौं मात्र भनेर नहुने तर्क गरे ।

उनले भने, ‘हामी प्रतिभाहरू पलायन भए भन्छौं । हामीले उनीहरू लाई यथोचित सम्मान दिन नसक्नें, यथोचित वातावरण पनि दिन नसक्ने हो भने स्वभाविक रूपमा ‘ब्रेन ड्रेन’ भइहाल्छ ।

खाली भाषणमा दुःख व्यक्त गरेर मात्र रोकिँदैन ।’प्रतिभालाई स्वदेशमै राख्न सबै सरोकारवाला अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा आएका सकारात्मक प्रगतिलाई अझै बढाएर लानुपर्ने बताए ।