काठमाडौ, २ असोज– चितवनको नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका– ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमाल रहेका छन ।
पौडी खेल्ने क्रममा डुवेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिएका छन ।
उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए । उनीहरुलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिएका छन ।
