स्वास्थ्य मन्त्रीको आग्रहमा चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन, ३८ दिनदेखिको आन्दोलन स्थगित

१ आश्विन २०८०, सोमबार १७:२९

काठमाडौं, १ असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागिफिर्ता लिएको छ ।

विगत ३८ औंदिन देखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा आन्दोलन गरिरहेको संघर्ष समितिले स्वास्थ्य मन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रमतत्कालका लागि फिर्ता लिएको हो ।

स्वास्थ्य मन्त्री बस्नेतले आँफै गएर माइतीघरमा अनशनरत आन्दोलन कारीलाई अनशन तोडाएका छन् । अनशनतोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्साशिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाही को अवस्थामा नै अगाडि बढिसकेको छ त्यस कारणले तपाईहरु अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ ।’

उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमिकमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रुपमा नेपालमा डक्टर र नर्सहरुको उत्पादन बढाउनका लागि स्वास्थ्यमन्त्रालय, शिक्षामन्त्रालय, चिकित्सा शिक्षाआयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्तगर्दछु ।’

उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमि भएको कुरा हरुलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डक्टर र नर्सहरु पाउँन गाह्रोहुने बताएका छन ।

उनले प्रधानमन्त्रीले अमेरिका देखि चीन सम्मआफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताएका छन ।