सरकारकै अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च भएको हो: पूर्व अर्थमन्त्री खतिवडा

१ आश्विन २०८०, सोमबार १५:१२

काठमाडौं,१ असोज– पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’विषयक विचार गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले सरकार विगतमा चुपलागेर बसेको र बजार लाई उपभोक्ता हितको लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्य वृद्धि बढको बताएका छन ।

उनले भने, ‘बजारलाई सुसूचित गर्ने हाम्रो प्रणाली छैन । कहाँ कहाँ युद्ध भयो रे कहाँ के भयो रे भनेपछि यहाँ बजारमा हल्लै हल्लामा मूल्य बढाइदिन्छौँ ।

बजार अनुगमन गर्ने बाणिज्य विभागको मान्छे त फुटबल खेल्याझैं खेल्या खेल्यै हुनुहुन्छ उहाँहरु अनि कसरी अनुगमन हुन्छ । त्यसमा पनि बजार अनुगमनको फ्रिक्वेन्सि नै छैन् ।’

उनले मूल्यवृद्धि अत्याधिक रुपमा हुनुमा सरकार नै चुकेको आरोप लगाए । उनले भने,‘कतिपय सामग्री हरुको चार वर्षमा भएको मूल्य वृद्धि भन्दा बढी अहिले दुई वर्षमा मूल्य वृद्धि भएको छ ।

यसरी मूल्य वृद्धि हुँदा खेरी एकातिर हामी आर्थिक मन्दी भन्ने ,आर्थिक मन्दी भएपछि स्वभाविक रुपमा मूल्य पनि नबढ्नु पर्ने हो, अर्थशास्त्रले त्यहिभन्छ ।

अनि आर्थिक मन्दीपनि छ, बजारमा कृतिम अभाव पनि छ,कसैको एकाधिकारी प्रवृति पनि छ र बजारमा जथाभावि मूल्यबढाउन लाई रोक्ने बजार अनुगमन पनि छैन । यस्तो बिडम्वना पूर्ण स्थिति सरकारको अकर्मण्यताले हुने कुरा हो । ’