काठमाडौ, १ असोज– नेकपा (एमाले)का युवा नेता राम प्रसाद रिजालले आफुलाई सामाजिक अभियानता भनिएका तारा बरालको अभिव्यक्ति प्रति कडा रुपमा प्रस्तुत भएका छन ।
केहि समय अधि समाजिक अभियनता भनिएकी तारा बरालले सामाजिक सञ्जालमा नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन प्रति एक स्टाटस लेखेकी थिईन ।
विगतमा पनि अभियानताको नाममा अराजकता मच्चाउने तारा बराल नामक युवतीले नेम्वाङको मृत्युप्रति गम्भीर अमानवीयता प्रकट गरेकी थिइन ।
उनले सामाजिक संजालमा स्टाटस लेख्दै नेम्वाङको मृत्युमाथि खिल्ली उडाएकी थिइन । तारा बरालेले सामाजिक सञ्जालमा लेखेकी थिइन, ‘ हिन्दुराष्ट्र, नागरिकता विद्येयकको श्रापले एउटा मतियारको त मुटु पड्किएछ, अरु साँचिएका १ दर्जनको अन्त्य चाहीँ हाम्रै हातबाट हुनुपर्छ भगमान ’।
यो स्टाटसको बिरोध गर्दे युवानेता रिजालले आफुलाई सामाजिक अभियनता भन्ने तारा बरालको मानिसक उपचार गर्न माग गरेका छन ।
उनले बरालको मानसिक अवस्था चेक जाँच गरी स्वास्थको उपचार गरी उदार गर्न पनि माग गरेका छन । नेता रिजालले आयो खबर सँग भने, ‘ आफुलाई नागरीक अभियनता बताउने तारा बरालले जुन किसिमको अमानविय, एउटा गतीछाडा , एउटा महिलाले स्वस्थ मानिसले नलेख्ने कुरो लेखेकी छन अपशब्द लेखेकी छन जसको दिमाग सहि छ त्यस्तो व्यक्तिले यस्तो कुरा लेख्न त के सोच्न पनि सक्दैन ।
त्यसैले म उनको मानसिक अवस्थाको उपचार गराउन माग गर्दछु । ’ उनले तारा बरालले आफुलाई नागरीक अभियनता भन्ने गरेको तर मानवीय संवेदनसीलता भुलेर तल्लोस्तरको अभिव्यक्ति दिएको पनि बताएका छन ।
उनले तारा बराल मान्छेको मृत्यु लाई सैदावाजी गर्ने मृत्युमा खुसिहुने गरेको बताएका छन । साथै उनले सुवास नेम्वाङ जतिको नेता अहिले सम्म नजमिन्एको र अब पउन पनि कठिन हुने बताएका छन ।
साथै उनले देशमा सरकार छ की छैन ? भन्दै प्रश्न समेत गरेका छन । सरकार भए कुन प्रकारको सरकार छ ? भन्दै प्रश्न गरेका छन ।
उनले तारा बराललाई तुरुन्त नियन्त्रणमा लिन सरकार सँग माग गरेका छन । साथै उनले यो सरकार भारतको डिजाइनमा बनेको पनि बताएका छन ।
उनले यो सरकार बने पछि देशले विकाशमा गती लिन नसकेको बताएका छन । उनले यो देशको विकास र भुमिको रक्षा गर्न र विकास गर्न यो देशमा एमालेको विकल्प नरहेको बताएका छन ।
