बालेन र बागमतीक्रिकेट संघका अध्यक्ष खड्काबीच भेटवार्ता

२९ भाद्र २०८०, शुक्रबार १८:५२


काठमाडौं,२९ भदौ– काठमाडौं महानगरपालिकका मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्ता भएको छ ।

आजको भेटमा काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडा हरुमा क्रिकेट नेट राख्ने सहमती भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कमहुनुमा खेल्ने मैदाननभएको उल्लेख गर्दै क्रिकेट नेटको व्यवस्था गर्न लागिएको बताएका छन ।

उनले लेखेका छन्, ‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन ।

कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्वभनेकै स्थानीय जनता लाई खेल्ने वातावरण तयार पार्ने नै हो ।

त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्थागर्दै छौ ।

’त्यस्तै, कुशल प्रशिक्षक हरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए ।

जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षक हरूलाई तालिमदिई त्यसपछि सहर भरका इच्छुक खेलाडी हरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन् ।

उनले लेखेका छन्, ‘बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपात लाई हेर्दा यो निकै कमहो ।

यस खाडल लाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ ।

जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षक हरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडी हरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।’

उनले यस्ता कार्यक्रममार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलःक्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने पनिबताए ।