जनकपुर, २९ भदौ– धनुषा प्रहरीले आफूलाई घुमुवाप्रहरी बताउँदै लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा धनुषाको कमलानगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवरहेको प्रहरीले जानकारी दिएको छ ।
एक जना फरार छन् । पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवाप्रहरी हुँभनेर धाकधम्की देखाइ धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडकखण्डमा मोटरसाइकलमा सवार यात्रुहरुसंग ४ हजार रुपैयाँनगदलुटेर भागेका थिए ।
सो घटनाको खबर प्राप्त हुनासाथ ईलाकाप्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलीले अमरेश कुमार यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडिबढाइएको छ भने फरार रहेका अन्य एक जना व्यक्तिको खोजी भइरहेको धनुषाप्रहरीले जनाएको छ ।
