काठमाडौं, २९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्नचीन भ्रमणका क्रममा कृषिक्षेत्र लाई प्राथमिकतामा राख्न सुझावदिएको छ ।
आज (शुक्रबार) उद्योग मन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रबुझाउँदै रास्वपा सांसदहरुले कृषि क्षेत्रलाई आत्मनिर्भर मुखीमात्रनभई उद्योग क्षेत्रसँग जोड्ने हो भने खाद्य सुरक्षा र व्यापारिक क्षमता विकास हुने भन्दै त्यसतर्फ ध्यानदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएपछि सो पार्टीका नेता सांसद गणेश पराजुलीले, भने, ‘हामीले चीनबाट आवश्यक सहयोगहरु प्राप्त गर्न सकेका छैनौ, अहिले देशमा सबैभन्दा सम्भावना भएको भनेको कृषिहो कृषि क्षेत्रलाई आत्मनिर्भरमुखी कृषिमामात्र केन्द्रीत नगरिकन यसलाई उद्योग क्षेत्रसँग जोड्ने गरीकाम गर्ने हो भने खाद्य सुरक्षापनि निमार्ण गर्न सक्छौ, व्यापारिक क्षमताविकास गर्न सक्छौ ।
यो विषयलाई जोडेर हामीले चीनको भ्रमणमा प्रधानमन्त्रीले यी साना सानाविषयलाई जोड दिनुपर्छ भन्नेसुझावदिएका छौ । ’प्रधानमन्त्रीले चीन भ्रमणबारे समिति र संसदबाट सुझावलिएको नदेखिए पछि उद्योग मन्त्रीमार्फत प्रधानमन्त्री लाई सुझाव दिइएको उनको भनाई छ ।
त्यस्तै उनले राष्ट्रको हितका लागि आफ्नो पार्टीले सधैँ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी गरेका छन् । देश निमार्ण गर्ने प्रक्रियामा प्रतिपक्ष भएपनि सबैसँग हातेमालो गरेर राष्ट्रिय मुद्दालाई समाधान गर्ने पक्षमाआफ्नो पार्टी रहेको उनको जिकिर छ ।
पार्टीको उद्योग तथा वाणिज्य विभागप्रमुख समेत रहेका पराजुलीले भने, ‘हामी प्रतिपक्षहुदैँ गर्दा सधैँ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौ र यो देश निमार्ण गर्ने प्रक्रियामा हामी सधैँ सबैसँग हातेमालो गरेर राष्ट्रिय मुद्दाहरुमा एक भएर समाधान गर्ने पक्षमा छौ ।’
