स्वास्थ्य र शिक्षा क्षेत्रको विकास नै भौतिकविकासको आधार हो: स्वास्थ्य मन्त्री बस्नेत

२९ भाद्र २०८०, शुक्रबार १४:३२


काठमाडौं, २९ भदौ– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नभई राष्ट्रको विकास सम्भव नभएको बताएका छन् ।

राष्ट्रिय जनसंख्या सम्मेलन २०८० लाई काठमाडौंमा सम्बोधनगर्दै उनले,शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भौतिक निमार्णसँग होईन मानवीय संवेदनासँग जोडिएको बताए ।

मानवीय संवेदनालाई सम्बोधननगरी भौतिकविकासले मात्रै देश विकास भएको मान्ननसकिने उनको तर्क छ । ‘म मन्त्री भए पनि नभए पनि कुनै पदमा भए पनि नभए पनि शिक्षार स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो ।

यसको विकास बिना व्यक्ति देखि राष्ट्रसम्मको विकास सम्भव हुदैँन् त्यसकारण यस क्षेत्रमा लागि रहेको छु ।’ उनले भने, ‘यो काम भौतिक निमार्णसँग होईन मानविय संवेदना सँग जोडिएको विषय हो ।

त्यसकारण हामी यसमा बढि गम्भीर हुनु आवश्यक छ । राम्रो काम गर्नुपर्छ रत्यसको सुरुवात आफैँबाट गर्नुपर्छ । हामी सँग विकृती र विसंगती धेरै छन् त्यसलाई चिर्न आवश्यक छ ।’

यस्तै, उनले तीव्र सहरी करणका कारण सहरी सुविधाहरु बढाउँन र विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको भन्दै जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको बताएका छन ।


उनले भने, ‘जनसंख्या व्यवस्थापनका नयाँ चुनौतीहरु देखा परेका छन् । तीव्र सहरी करणका कारण सहरी सुविधाहरु बढाउँन आवश्यक देखिएको छ भने अर्को तिर पुराना बस्ती र गाँउहरु रित्तो हुदैँ जादाँ विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको छ ।

जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यकभएको छ ।’उनले जनसंख्याको सन्तुलन, व्यवस्था र विकास गर्न सकेनौ र विकासका कार्यक्रमहरु दुर्गम बस्तीमा पु¥याउँन सकेनौ भने समस्या समाधान नहुने भन्दै विपन्न वर्गलाई बढि लक्षित गरेर कामगर्दा देशभरका दातृ संस्थाहरु सहयोग गर्न तयार हुने बताए ।

उनले भने, ‘हामी जनताले देख्ने गरी विपन्न वर्गलाई बढि लक्षित गरेर काम गर्ने हो भने नेपाल सरकारको मात्रै पैसा लाग्दैन् देश भरका दातृ संस्थाहरुले सहयोग गर्न तयार हुन्छ ।

अहिले देशको कुनै पनिनागरिक पैसा नभएको कारणले आफ्नो ज्यान गुमाउँने पर्दैन् त्यसको जिम्मा म लिन्छु । जनसंख्याको सन्तुलन,व्यवस्थार विकास गर्न सकेनौ र विकासकाकार्यक्रमहरु दुर्गम बस्तीमा पु¥याउँन सकेनौ भने समस्याहुन्छ ।’