बाल अधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छ: उपप्रमुख डंगोल

२९ भाद्र २०८०, शुक्रबार १३:३७

काठमाडौं, २९ भदौ– काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् ।

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन् ।

उनले भनिन, ‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरु गर्छौ’ उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरुको सुनिश्चित गर्नुपर्छ ।

यसका लागि सरकारी र संघ संस्थाको तरवरबाट काम गर्नु पर्छ ।’ इतिहास लाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाई छ ।

उनले बालबालिकाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लानुु पर्ने बताइन् ।