प्रतिनिधि सभाको बैठक बस्दै

२९ भाद्र २०८०, शुक्रबार १२:४९


काठमाडौं, २९ भदौ– आज शुक्रबार प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने कार्यसूची रहेको छ।