काठमाडौं, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरु माथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा शोक प्रस्तावपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले उक्त विषयमा श्रेष्ठमाथि गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताएका हुन् ।
उनले भने, ‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं । पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे पार्टीले गम्भीर रुपमा लिएको छ‘अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आए पनि अनुसन्धान रोकिने छैन ।
’रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।
