काठमाडौँ, २८ भदौ– आज बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सयरुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य स्थिर छ ।
तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदरी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।
