यो देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको छ: ज्ञानेन्द्र शाही

२७ भाद्र २०८०, बुधबार १८:२८


काठमाडौं, २७ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले, देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधनगर्दै उनले देश लाई भ्रष्ट र तस्करको देशको रुपमा विकशित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्यभएको बताएका छन ।

उनले भने ‘१२हजार भन्दा बढीले जागिर छोड्दै छन् । यो देशमा तस्कर र भ्रष्टमात्रै यदी कोही भ्रष्टचारी कर्मचारी छ भने मात्रै बाच्न सक्छ इमान्दार कर्मचारी यो देशमा बाच्न सक्दैन त्यस्तो अवस्था सिर्जना भएको छ ।

’उनले ८४ मा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने बताएका छन । जो सुकै आएपनि परिर्वतनको आभास नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताए । उनले भने ‘ हिजो अरु थिए आज हामी छौं ।

परिर्वतन के भयो ?जनताको जीवनमा के परिर्वतन भयो । हामीले विदेश जानेलाई रोक्न सक्यौं ? कोही अन्यायमा परेको लाई न्यायदिन सक्यौं ?बालुवाटार काण्डखाने माधव नेपाल र बाबुरामलाई थुन्न सक्यौं ?

त्यो हुनाले ठुलालाई चैन र सानालाई ऐनको यो परम्परालाई तोड्न जरुरी छ ।’ उनले नेपाल सनातन हिन्दु राष्ट्र रहेको र भोलि पनि रहने उनले बताएका छन् ।