काठमाडौ, २७ भदौ– नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट नेम्वाङको निवास बालुवाटार लगिएको छ ।
बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि नेम्वाङको निजी निवास बालुवाटारतर्फ लगिएको हो ।
निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिने भएको छ । नेम्वाङको सोमबार राति हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो ।
उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
