नेम्वाङको निधन बाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति: अध्यक्ष नेपाल

२६ भाद्र २०८०, मंगलवार १७:३४

काठमाडौं, २६ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्को निधनले लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलन प्रति ठूलो क्षतिभएको बताएका छन ।

आज नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ् प्रति श्रद्धान्जली व्यक्तगर्दै उनले नेम्वाङ् संविधानको कार्यान्वयन र समझ्दारीको वातावरण सिर्जना गर्ने व्यक्तिभएको स्मरणगर्दै उनको निधनले नेपाली राजनीतिमा ठुलो क्षतिपुगेको बताए ।

उनले भने, ‘संविधान निमार्ण गर्ने मात्रै होईन् त्यसलाई कसरी कार्यान्वयन गरिन्छत्यो कुरामा पनि उहाँको धेरै जोड थियो । समझ्दारीको वातावरण सिर्जना गनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो त्यस कारणपनि उहाँको निधन लोकतन्त्र,कम्युनिष्ट र परिर्वतनको आन्दोलन प्रति ठूलो क्षतिहो ।’

नेम्वाङ्को लोकतान्त्र र कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिकारहेको भन्दै उनको योगदान लाई इतिहासले सधैँ स्मरण गर्ने र नयाँ पुस्ताले प्रेरणालिएर अघिबढ्ने उनको भनाई छ ।

उनले भने, ‘राजनीतिक परिर्वतनका प्रत्येक मोडहरुमा कुशलताका साथ नेतृत्वदाही भूमिका निर्वाह गर्नुभयो । सबैलाई मिलाएर लान सक्ने मिलनशार र शालिन व्यक्तित्व हुनुहुन्थ्यो ।

लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका छ । सबै जटिलता हरुलाई कुशलताका साथ अगुवाई गर्नुभयो उहाँको योगदान लाई इतिहासले सधैँ स्मरण गर्ने छ । नयाँ पुस्ताले उहाँबाट प्रेरणालिएर अघिबढ्ने छ ।’