सुवास नेम्वाङ एमालेको मात्रै होइन् सबै पार्टीको नेता हुनुहुन्थ्यो: महामन्त्री थापा

२६ भाद्र २०८०, मंगलवार १७:१८


काठमाडौं, २६ भदौ– काङ्ग्रेस महामन्त्री गगन थापाले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन ।

आज नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ् प्रति श्रद्धान्जली व्यक्तगर्दै उनले आफूँ पहिलो पटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै अभिभावक गुमाएको महसुस भएको बताएका छन ।

उनले भने ‘म पहिलो पटक सांसद भएर जादैँ गर्दा मैले बोल्ने बोली र मैले लगाउँने लूगा पनि राम्रो भएन बद्ल्नु भनेर भन्नु भएको थियो । नयाँ आएका सांसद हरुलाई संसदको मर्यादा सिकाउँनु पर्छ भन्ने सोचभएको व्यक्ति हुनुहुन्थ्यो ।

अभिभावक कत्वगुमाएको महशुस भएको छ ।’उनले हरेक छलफल र वार्तामा नेम्वाङ हुदाँत्यसले मूर्तरुप पाउँछ भन्ने विश्वास बढ्ने गरेको भन्दै उनले उहाँ एमालेको मात्रै नभई सबैको साझा नेताहुनुहुन्थ्यो भने ।

‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ् हुनु भनेको टुङ्गिने बाटो तर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होईन्, माओवादी, नेपाली काङ्ग्रेस सबैले साझा नेताको रुपमाउहाँलाई सम्झिने गर्छ ।’

उनले भने त्यस्तै नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माणले पूर्णता पाएको भन्दै नेता थापाले यो संविधान माथि गर्व गर्ने हरेकले नेम्वाङलाई विर्सन नसक्ने बताए ।

उनले भने ‘२०६२, ६३ को आन्दोलन पछि आवश्यक भएको पात्र सुवास नेम्वाङ् मात्रै हुनुहुन्थ्यो। संविधान निमार्ण गर्ने समयमा पनि दृढ संकल्पबोकेको मानिसको आवश्यकता थियो ।

जसले यो पटक संविधान बनाउनै पर्ने दबाब थियो । त्यो दबाबलाई थेक्न सक्ने र दृढताका साथलाग्न सक्ने क्षमतापनिउनमाथियो । त्यस्तो नभएको भए आज नेपालमा संविधानहुने थिएन् । ’

उनले भने ‘कसैले संविधान बन्यो भनेर खुसी मनाउँछ भने त्यसले संविधान निमार्णमा सुवास नेम्वाङ्को भूमिकालाई पनि याद गर्छ भन्ने लाग्छ ।’