काठमाडौं, २६ भदौ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
५९ वर्षीय विश्वकर्माको गएराति हृदयघातका कारण निधन भएको नेकपा एसका नेतृ दिलु पन्तले जानकारी दिइन् । शौचालय गएर आएपछि सुतेका उनी नचलमलाए पछि अल्का अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउन साथ उनलाई मृत घोषणा गरिएको हो ।
रौतहटको गौर स्थायी घर भएका उनी परिवार सहित ललितपुर बस्दै आएका थिए । विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको आजै दिउसो पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ ।
मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन् ।



