बीवाइडीको ‘डल्फिन’नेपालम: कतिपर्छ मूल्य?

२५ भाद्र २०८०, सोमबार १८:१७

काठमाडौ, २५ भदौ– बीवाइडीकालागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी‘डल्फिन’नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ ।

आज (सोमबार) बीवाइडीका ब्रान्डएम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’गाडी सार्वजनिक गरे । ‘डल्फिन समुद्रमाबस्ने भए पनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ,’उनले भने ।

‘विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ यो खुसीको कुरा हो ’ गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ । ई–६ मोडल देखि सुरु भएको बीवाइडीको यात्राएटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो ।

गाडीमा ४४.९ किलोवाटआवर (युनिट)को ब्याट्रीजडान गरिएको छ । यस्तै ७० किलोवाट क्षमताको मोटर छ । यसमा भएको ब्याट्रीले एक पटकको फुलचार्जमा ३४० किलोमिटर रेन्जप्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्डक्लियरेन्स छ । यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ । यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिनकन्सोल, ३६० डिग्रीक्यामेरा, इलेक्ट्रिकल्ली एड् जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुलएलसीडी इन्स्ट्रुमेन्टक्लस्टर लगायत फिचर छन् ।

गाडी ४ वटाकलरमा उपलब्ध छ । गाडी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडाअटो शोमा देख्न पाइनेबताइएको छ ।