काठमाडौं, २४ भदौ– जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको बताएका छन् ।
आज सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृति ककार्यक्रम लाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन ।
उनले नयाँ पार्टी भएकाले श्रोत, साधनको कमिका कारण समस्या भएपनि संर्घषबाट नै नै ईतिहास रच्न सकिन्छ भन्ने कुरा ख्याल गर्न कार्यकर्तालाई आग्रह गरे ।
उनले भने,‘हौसला उच्च राख्नुहोला किन भने नयाँ पार्टी छ । सबै साधन श्रोतमा हामी सम्पन्न छैनाँै ।अरु पार्टी जस्तो त्यसैले अलि संघर्ष छ तर संघर्ष गर्ने मानिसले नै ईतिहास रच्ने हो त्यो थाहा पाउँनुपर्छ ।’
उनले आफूँ हरुको सांस्कृति कक्रान्तिको पक्षमा रहेको भन्दै पार्टी सँधै परिर्वतनको पक्षमा उभिने बताए । समाजमा भएका सांस्कृतिक समस्यालाई समाधान गर्न हरेक जिल्लामा सांस्कृतिक संगठन गठनगर्न उनले कार्यकर्ता लाई निर्देशन दिए।
