काठमाडौ, २५ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामबार संम्वादबाटै समाधान गनुपर्ने बताएका छन ।
आज (सोमबार) समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर सम्वाद गरेको पनि बताएका छन ।
उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ ।’ सम्वाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिर्वतन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताएका छन ।
कति दिन सरकारमा बसिन्छ, मतलब नभएको, तर सुशासनको पक्षमा काम गर्ने भन्दै उनले भने, ‘सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताका साथ अपरिहार्य छ ।’
