काठमाडौं, २५ भदौ– पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपीशर्मा ओलीले, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेत्तृवको सरकार आफैँ तस्करीमा संलग्न रहेको दाबी गरेका छन ।
आज (सोमबार) तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गरे । उनले भने, ‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्कर हरुलाई समर्थन गर्छ ।
सरकार कमिशन खोरीमा डुब्छ ।जनताका समस्या हेर्दैन् ।’ जनता पीडामा छन् । म सरकार लाई सुझावदिन चहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासनदिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।’
उनले तेजाव आक्रमणमा परेका पीडितहरु लाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताएका छन ।
उनले भने, ‘यस्तो कार्य कहीपनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोहीपनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजायदिने व्यवस्था गर्नुपर्छ ।
तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् ।’ उनले राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यानदिन उनले सञ्चार माध्यम लाई सुझावदिए ।
उनले भने, ‘यो तेजाव आक्रमण विरुद्धको दिवस मार्फत हामीले मानवीय भावना, जागरण फैलाउँन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ ।
थप अपराध रोक्नकालागिहामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ । ’
