काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु

२५ भाद्र २०८०, सोमबार १२:५८


काठमाडौ, २५ भदौ– काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राई रहेका छन ।

काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।