राष्ट्रको अर्थतन्त्रनिर्माणमाशहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छ: केपी ओली

२४ भाद्र २०८०, आईतवार १७:१९

काठमाडौं, २४ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित सहकारीकर्मीहरु सँग केपी ओली विषय अन्र्तक्रियामा उनले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिकाहुने बताएका छन ।

उनले भने ‘राष्ट्रिय पुँजीनिमार्ण गर्ने आधार साना सानाउत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भए पनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् ।

तर अलिठूलो मात्रामासबै मिलेर धेरै मात्रामालान सक्ने र राष्ट्रको अर्थतन्त्रनिमार्ण गर्न सक्ने शहकारीको माध्यमबाट नै हो ।’ उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि शहकारी नै बलियो आधार भएको स्मरण गरे ।

‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी शहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न सक्छौ ।

अर्थतन्त्रमाभक्तिमार्ग होईन् स्वास्थ्यमार्ग र फाइदामार्ग हेर्नुपर्छ ।हामीअनावश्यक रुपमाबाहिरको सामानउपभोग गर्छौ सकेसम्म आफ्नै सामानप्रयोग गर्ने गरौं । ’ उनले भने । उनले स्वदेशी बस्तु उत्पादन र निर्यातमा शहकारी क्षेत्रको अहंम् भूमिका हुने उनले बताएका छन ।