ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसँग साढे दुई करोड धरौटी माग

२४ भाद्र २०८०, आईतवार १७:००

काठमाडौ, २४ भदौजिल्ला अदालत काठमाडौंले ललिता निवासको जग्गा कब्जा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग साढे दुई करोड धरौटी माग गरिएको छ।

आज (आइतबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो।

आइतबार भएको थुनछेक आदेशमा १७ जनासँग धरौटी माग गरिएको छ भने एक जनालाई साधारण तारेख दिइएको थियो ।