नुवाकोटमा विकासको ठूलो सम्भावना छ: अर्थमन्त्री महत

२४ भाद्र २०८०, आईतवार १५:४४

नुवाकोट, २४ भदौ–अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन् ।

कांग्रेस जिल्लाकार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामनाआदान–प्रदान तीजविशेष कार्यक्रममानुवाकोटमा विकासको ठूलो सम्भावना रहेको भन्दै कागजबनाएर अनुदानखाने होईन, उत्पादन देखाएर अनुदानपाउने प्रस्ताव गरेको बताए ।

उनले भने, ‘नुवाकोट खाद्यन्नमाआत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषिउत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमाअनुदानको व्यवस्था गरिएको छ ।

कागजबनाएर अनुदानखाने हो प्रवृत्तिअन्त्यभयो, अब उत्पादन देखाएर अनुदानपाउने प्रस्ताव गरेका छौं । कृषिमन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।

’उनले महिलादिदीबहिनीहरुकै नाममाऔद्योगिकपार्कको पाँचखालमा घोषणा गरेको भन्दै त्यसको एक्सटेन्सननुवाकोटमा पनिहुनुपर्ने बताए।

उनले सिमरा र ढिकुरेको सिँचाइको नहर विग्रिएको भन्दै त्यो निर्माण भइसकेपछि १२ महिनासिचाइँको सुनिश्चिताहुनेबताए । उनले पार्टीले गरेको कामबारे प्रचार भन्दाएकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा टिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसबाट पार्टी विकास नहुने बताए ।

उनले भने, ‘हामी साथीहरु पार्टीले गरेको कामबारे प्रचार गर्दैनन् । एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमाहामीहत्त न पत्त टिप्पर्णी गरिहाल्छौं ।

फलानोले जस पाउँछ कि भन्ने होइनयसको जस पार्टीले पाउँछ । त्यसपछि मात्र पार्टीले गरेपछि भनेर जनताले थाहा पाउँछन् । जो उम्मेदवार भएपनि त्यसपछि मात्रजनताले कांग्रेसलाई मत हाल्छन् ।

महिलादिदीबहिनीको अगुवाइमाहिजो, आज र भोलि गर्ने कामको प्रचार हुनुपर्यो ।’ छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा आएपनि सम्पन्नहुननसकेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणमार्फत सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेको बताए ।

यस्तै, मन्त्रीमहतले महिलालाई लागेको कुरा गीत र नृत्यमार्फत तीजमामात्रअभिव्यक्त गर्ने चलन पुरानो भएको भन्दै लोकतन्त्रमा ३६५ दिन नै आफ्नो विचार राख्न र चाहेको पेशाव्यवसाय गर्न पाउँने पनिबताए ।

अहिले महिलादिदीबहिनीको युगभएको स्पष्ट पार्दै उनले महिलादिदीबहिनी सशक्तहुनुपर्ने पक्षमा नेपालीकांग्रेस भएको बताए ।
विकास, सामाजिक परम्परा र संस्कृतिको संरक्षणको अगुवाई महिलादिदीबहिनीहरुले गरिरहेको भन्दै महिलाले जिम्मेवारी पाएभने पुरुषभन्दागम्भीरताका साथ पूरा गर्ने बताए ।