अखिल नेपाल महिला संघ क्रान्तिकारी युवा महिला समितीको भूमिकास्थान नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ ।
भदौ २३ गते शनिबारका दिन अनेम संघ क्रान्तिकारीका केन्द्रिय सचिव तथा नेकपा –माओवादी केन्द्र ) का केन्द्रिय सदस्य सरस्वती न्यौपानेको प्रमुख अथित्यतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी युवा महिला समितीको भूमिकास्थान नगरपालिका स्तरीय भेला सम्पन्न भएको हो ।
उक्त भेलमा जिल्ला संयोजक अनेम संघ क्रान्तिकारी तथा प्रदेश कमिटी सदस्य कमला भण्डारी, प्रदेश सदस्य तथा केन्द्रिय सदस्य अनेम संघ क्रान्तिकारी राधा नेपाली, भूमिकास्थान नगरपालिकाको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष नरेन्द्रमान मुखिया, शुवासचन्द्र बन्जाडे प्रदेश कमिटी सल्लाकार, शर्मिला पोखरेल प्रदेश कमिटी सदस्य अनेम संघ क्रान्तिकारी तथा जिल्ला समिती सदस्य नेकपा (माओवादी केन्द्र) बालकृष्ण आचार्य भूमिकास्थान नगरपालिका उप प्रमुख, सुन्दर बहादुर सिंह ठकुरी उपाध्यक्ष भूमिकास्थान नगरपालिका लगायतका उपस्थिति रहेको थियो ।
