कोशीमा ४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

२१ भाद्र २०८०, बिहीबार १८:५६


काठमाडौ, २१ भदौ– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले नेपालको संविधानको धारा १६८को उपधारा २ बमेजिम मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दल एमालेकको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो।

सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो। योसँगै मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन्।