चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

२१ भाद्र २०८०, बिहीबार १८:४८


काठमाडौ, २१ भदौ– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष समेत रहेका थिए । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।