काठमाडौ, २१ भदौ– पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले सप्तकोशी नदीले श्रीलंका टापुमा कटान गर्दा सयौं घरहरु उच्च जोखिममा रहेको बताएका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन । उनले भने, ‘ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलंका टापुमा सप्तकोशी कटानबाट सयौं घरहरु प्रभावित भएका छन्।
त्यहाँको जनताको जीवन कष्टकर बन्दै गईरहेको छ।’ उनले सोही नगरपालिकाको कोशीबारी, पुल्केगौडा, जब्दी, सिसौली, ठाकुरबारी, राजाबास पनि कोशी कटानको उच्च जोखिममा रहेको बताएका छन ।
उनले कोशीको कटानका कारण त्यहाँका जनताले अकल्पनीय तनाव र त्रासमा जीवन व्यतित गरिरहेको बताएका छन ।
सांसद कार्कीले उक्त क्षेत्रमा भइरहेको कोशी नदीको कटान नियन्त्रणका लागि दिगो र भरपर्दो व्यवस्थापन गर्न सकारसँग माग गरेका छन ।
