वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

२१ भाद्र २०८०, बिहीबार १५:४१

काठमाडौ, २१ भदौ– काठमाडौ महानगरपालिकाले भोलि महानगभित्र शोक विदा दिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले जानकारीले जानकारी दिएका छन ।

रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।