माओवादी केन्द्र छोडेर हेटौडा उपमहानगरकी अध्यक्ष पाण्डे एमालेमा प्रवेश

२१ भाद्र २०८०, बिहीबार ११:१३

काठमाडौं, २१ भदौ– नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।

बुधबार (हिजो) भक्तपुरस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे पार्टी प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताएकी थिइन् ।