डेंगु संक्रमणका कारण वडाध्यक्ष रिजालको निधन

२१ भाद्र २०८०, बिहीबार १०:५२

काठमाडौं, २१ भदौ डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

बिहीबार (आज) बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।