काठमाडौ,२० भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टरमा पुगेका छन् ।
कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राजवादी श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेको प्रहरीले बताएको छ ।
