काठमाडौ,२० भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी पार्टी सधै गठबन्धनको पछि नलाग्ने बताएका छन ।
आज (बुधबार) काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन ।
उनले अव आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताएका दाबी गरेका छन । उनले भने, ‘अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ ।
तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ ।’
उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरेका छन । गत ४ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टी गठबन्धन गरेर चुनाबमा गय पनि पार्टीले कुनै फाउदा उठाउन नसकेको उनले बताएका छन ।
साथै उनले गठबन्धन गरेर पार्टी चुनाबमा जादाँ गठबन्धन गरेका अन्य दलहरुले फाइदा उठाएको र एकीकृत समाजवादीले क्षेती बेहोरेको परेको पनि बताएका छन ।
