खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

२० भाद्र २०८०, बुधबार १३:१०

काठमाडौ, २० भदौ– प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङ रहेकमा छन ।

उनीहरुलाई हिजो मंगलबार नियन्त्रण्मा लीएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिएका छन ।

पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको उनले बताएका छन ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन ।

जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको उनले बताएक