काठमाडौ,२० भदौ– केहि समय देखी हराइरहेका चिकित्सकको सप्तकोशी नदीमा शव फेला परेको छ । कार छाडेरबेपत्ता भएका चिकित्सक ३२ वर्षीय प्रज्ज्वल कोइरालाको शव बराहक्षेत्रनगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
कोइरालाको शव मंगलबार अपराह्न भेटिएको उदयपुर प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिएका छन । झापा, दमक–१ का बासिन्दा कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत रहेका थिए ।
कोशीमा माछा मार्न गएकाहरुले गलेको अवस्थामा शव फेला पारेर प्रहरीमा खबर गरेका थिए । डा कोइराला गत १० भदौमा बेलका नगरपालिका–८ स्थित सप्तकोशी किनारमा कार छोडेर बेपत्ता भएका थिए ।
